सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता

८ मार्ग, २०८३
सारांश
  • सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाण्डौ, ०८ मङ्सिर । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

भेटमा नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउने, लगानी विस्तार गर्ने तथा दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

 

भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताएका छन् । उनले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरेका छन् ।

 

सभामुख अर्यालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्राउन आग्रह गरेका छन् । साथै, नेपालमा उत्पादित फलफूल, तरकारी र अन्नलगायत कृषि उपज कतारमा निर्यात गर्ने वातावरण बनाउन समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्न पनि उनले आग्रह गरेका छन् । खेलकुदको विकासमा समेत दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

 

भेटमा सभामुखले गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद दिएका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा थप सहयोगको अपेक्षा गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

 

कतारी राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार