- स्वर्गद्वारी आश्रम पुगेका देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या तथा आश्रमको धार्मिक र ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।
नेपाली कांग्रेसको देउवा समूहका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजाआजा गरेका छन्।
स्वर्गद्वारी आश्रम पुगेका देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या तथा आश्रमको धार्मिक र ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।
दर्शन तथा पूजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्यूठान कांग्रेसका सभापति देवेन्द्रसहित जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्न देउवा देउखुरी पुगेका थिए। सोही कार्यक्रमका सिलसिलामा उनले स्वर्गद्वारी पुगेर महाप्रभुको दर्शन तथा पूजाआजा गरेका हुन्।
तस्विर श्रोत: नरेन्द्र गुरुङ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सेयर बजारमा १५ अंकको वृद्धि,कारोबार रकम साढे ५ अर्बमाथि
-
शरद ऋतुमा ४७ हिमाल आरोहण गर्न १६१३ पर्वतारोहीले लिए अनुमति
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।