भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता

८ मार्ग, २०८३
सारांश
  • प्रमुख सुवेदीले अघिल्लो निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ रहेकोमा अहिले अध्यावधिक भएपछि सो संख्या एक लाख २४ हजार एक सय ५२ जना कायम भएको बताए ।

भोजपुर: संघका लागि एक र प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा मतदाता संख्या भने घटेको छ । अघिल्लो निर्वाचनको तुलनामा अहिले एक हजार छ सय बढी मतदाताको संख्या घटेको हो ।

 

जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा कायम मतदाता संख्या अहिले भने एक हजार छ सय १४ घटेको छ ।

 

प्रमुख सुवेदीले अघिल्लो निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ रहेकोमा अहिले अध्यावधिक भएपछि सो संख्या एक लाख २४ हजार एक सय ५२ जना कायम भएको बताए ।

 

जिल्ला निर्वाचन कार्यालय भोजपुरले गत भाद्र १५ गतेसम्म १८ बर्ष पुरा भएका ब्यक्तिहरुको मतदाता नामावली अध्यावधिक गरे अनुसार संख्या घटेको देखिएको छ ।

 

निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार मृत्यृु भएर नामावली हटाइएका एक हजार चार सय ४९ जना, दोहोरो नाम हटाइएका छ सय छ जना गरी एक हजार छ सय १४ संख्या कम भएको छ । यस्तै ठाउँसारी भएर अन्यत्र गएकाहरुको भने यकिन बिवरण छैन ।

जिल्लाका दुई नगरपालिकासहित ७ वटा गाउँपालिका गरी कुल नौवटा स्थानीय तहका ८१ वटा वडा रहेका छन् । अघिल्लो निर्वाचनसम्म जिल्लामा ८७ वटा मतदान केन्द्र, एक सय ५९ र दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण छ ।

 

स्थानीय तह निर्वाचनका लागि तयारी भई रहदाँ निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्ला जिल्लामा पनि मतदाता नामावली अध्यावधिकको काम गरिएको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार