ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन

९ मार्ग, २०८३
सारांश
  • नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयात, भण्डारण र बजार वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयात, भण्डारण र बजार वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

निगमको एलपी ग्यास तथा हवाई इन्धन विभागले पत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउन निर्देशन दिएको हो ।

 

त्यस्तै, बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी विक्रेतामार्फत उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले भनेको छ । 

आयात, भण्डारण र वितरणबीच समन्वय गरी आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले उद्योगहरूलाई आग्रह गरेको छ ।

 

निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुनसमेत उपभोक्तालाई सचेत गराइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार