- प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
काठमाडौं : प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापालाई प्रधान सेनापति सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोही अवसरमा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
त्यसैगरी सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ तथा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा रथीवृन्द, सैनिक अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इरानको अडान, सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन
-
मेडिकल शिक्षा सुधारका लागि सरोकारवालासँग छलफल
-
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता
-
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
-
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।