विपदमा पूर्वसूचना दिन मोबाइलमा सन्देश पठाउने सिबिएस प्रणालीको परीक्षण सफल
८ मार्ग, २०८३
- विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सिबिएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।
काठमाण्डौ, ०८ मङ्सिर । विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सिबिएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।
सोमबार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो ।
परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना सफलतापूर्वक प्राप्त भएको थियो ।
सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचना पठाउन सकिन्छ । यस प्रणालीले विशेषगरी बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
दोस्रो पुस्ताको दूरसञ्चार सञ्जालमा प्रारम्भिक परीक्षण सफल भएसँगै थप प्राविधिक परीक्षण र आवश्यक तयारी पूरा गरी बाढीको उच्च जोखिम रहेका क्षेत्रमा यो प्रणाली चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षा तथा जनधनको क्षति न्यूनीकरण गर्ने सरकारी प्रयासमा यो परीक्षणलाई महत्त्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा लिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।