विपद बारेको संसदीय विशेष समितिको बैठक बस्दै

२० कार्तिक, २०८३
सारांश
  • भोटेकोशी–त्रिशूली विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको प्रगतिबारे संसदीय विशेष समितिले जानकारी लिने भएको छ ।

काठमाण्डौ, २० कार्त्तिक । भोटेकोशी–त्रिशूली विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको प्रगतिबारे संसदीय विशेष समितिले जानकारी लिने भएको छ ।

 

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बस्ने भएको हो ।

 

बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत तथा पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरूको पछिल्लो प्रगति विवरणबारे जानकारी लिने कार्यसूची रहेको छ ।

 

बैठक बिहान ९:३० बजे पूर्वाधार विकास समितिको हलमा बस्ने समितिले जनाएको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार