बलिवुड चलचित्र 'रामायण' को बक्स अफिसमा शानदार शुरुवात

२० कार्तिक, २०८३
सारांश
  • बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा शानदार शुरुवात गरेको छ ।

काठमाण्डौ, २० कार्त्तिक । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा शानदार शुरुवात गरेको छ ।

 

चलचित्रले पहिलो दिन भारतमा ६४ करोड ८५ लाख भारु खुद कमाइ गरेको छ । भाषागत रूपमा हेर्दा चलचित्रले हिन्दी संस्करणबाट सबैभन्दा धेरै कमाइ गरेको छ । हिन्दी संस्करणका ४७ करोड ५० लाख भारु आम्दानी गरेको साकनिल्कको रिपोर्टमा उल्लेख छ ।

 

त्यस्तै, कन्नड संस्करणका ७ करोड २५ लाख, तेलुगुबाट ६ करोड, तमिलबाट २ करोड ६० लाख र मलयालमबाट १ करोड ५० लाख भारु कमाइ भएको छ ।

 

चलचित्रमा भगवान् रामको भूमिका निर्वाह गरेका रणवीर कपुरका लागि ‘रामायण’ पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । यसअघि उनको चलचित्र ‘एनिमल’ले प्रदर्शनको पहिलो दिन ६३ करोड ८० लाख भारु कमाएको थियो । ‘रामायण’ले उक्त कमाइलाई उछिन्दै रणवीरको करिअरमा नयाँ कीर्तिमान बनाएको छ ।

 

त्यस्तै, चलचित्रमा रावणको भूमिका निर्वाह गरेका दक्षिण भारतीय अभिनेता यशका लागि पनि ‘केजीएफः च्याप्टर २’ पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र थियो । उक्त चलचित्रले प्रदर्शनको पहिलो दिन ५३ करोड ९५ लाख भारु कमाएको थियो ।

 

‘रामायण’ प्रदर्शनमा रहेकै समयमा बक्स अफिसमा रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ पनि प्रदर्शन भइरहेको छ । उक्त चलचित्रले विश्वव्यापी रूपमा ८०० करोड भारुको कमाइ पार गरिसकेको विवरणमा उल्लेख छ ।

 

त्यस्तै, आयुष्मान खुराना र सारा अली खान अभिनीत चलचित्र ‘उड्ता तीर’ पनि बक्स अफिसमा प्रदर्शनरत छ । यी चलचित्रसँग ‘रामायण’को प्रतिस्पर्धा हुने देखिएको छ ।

 

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएसन्सको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा रणवीर कपुर, यश र साई पल्लवीका अतिरिक्त सनी देओल, रवि दुबे, अनुपम खेर, काजल अग्रवाल, रकुल प्रीत सिंह र विवेक ओबेरोयलगायत कलाकारको अभिनय रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार