- बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बझाङ : बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बुधबार बिहान करिब ८: ४५ बजे से ००१ च ४३७६ नम्बरको जीप दुर्घटनामा परेको हो । काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जीपमा सवार ६ जना गम्भीर घाइते भएका छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको र उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अभियान संयोजक पन्तको टिप्पणीः “भारतसंग डिल गर्न फेसबुकबाजी होइन, कूटनीतिक चालबाजी चाहिन्छ ।”
-
भारतीय विदेश सचिवसँग बालेनको भेट, कूटनीतिक प्रोटोकल फेरियो
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
-
तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बेच्ने
-
अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।