सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ
२९ असोज, २०८३
- सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन् ।
सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले थापाको साथबाट ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको छ ।
पक्राउ परेका थापालाई बरामद गरिएका हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’