- प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई छुटाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
काठमाडौं : प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई छुटाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो । उनलाई भेट्न पुगेका भाइसँग केही व्यक्तिले आफूहरू प्रहरी निरीक्षक भएको बताउँदै उनका दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेका थिए ।
आरोपितहरूले रकमका साथै होटलको खर्चसमेत तिर्न लगाएको र रकम दिन अस्वीकार गरेपछि फोन तथा सन्देशमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्रहरीमा पुगेको थियो ।
सूचनापछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल र पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीगौंडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन पनि पक्राउ परेका छन् ।
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।