सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
१३ मार्ग, २०८३
- “प्रधानमन्त्रीज्यू, दिल्ली र बेइजिङसँगै खाडी मुलुकहरू पनि नेपालको परराष्ट्र नीति र आर्थिक कूटनीतिका उत्तिकै महत्त्वपूर्ण साझेदार हुन्।
काठमाडौं : ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले खाडी मुलुकमा कार्यरत करिब २० लाखभन्दा बढी नेपाली श्रमिकहरूको वर्तमान अवस्था, रोजगारीको सम्भावना, चुनौती तथा बदलिँदो भूराजनीतिक र आर्थिक परिस्थितिको अध्ययन गर्न ‘खाडी अध्ययन कार्यदल’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
पन्तले भने, “प्रधानमन्त्रीज्यू, दिल्ली र बेइजिङसँगै खाडी मुलुकहरू पनि नेपालको परराष्ट्र नीति र आर्थिक कूटनीतिका उत्तिकै महत्त्वपूर्ण साझेदार हुन्। लाखौँ नेपाली श्रमिकको रोजगारी, सुरक्षा, अधिकार र नेपालको अर्थतन्त्रसँग खाडी क्षेत्र प्रत्यक्ष जोडिएको छ। त्यसैले नेपाली श्रमिकको हकहित संरक्षण र राष्ट्रिय आर्थिक स्वार्थलाई ध्यानमा राख्दै सरकारले खाडी क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्छ।”
मध्यपूर्वमा विकसित अमेरिका–इरान तनाव तथा सम्भावित सैन्य द्वन्द्वले क्षेत्रीय सुरक्षा, आर्थिक गतिविधि, श्रम बजार र रोजगारीका अवसरमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै नेपालले समयमै आवश्यक अध्ययन र रणनीतिक तयारी गर्नुपर्ने पन्तको धारणा छ।
पन्तले प्रस्तावित खाडी अध्ययन कार्यदलले खाडी क्षेत्रको राजनीतिक तथा आर्थिक परिस्थितिको विश्लेषण गर्नुका साथै नेपाली श्रमिकले भोगिरहेका समस्या, सम्भावित रोजगारी संकट, श्रम बजारमा आएको परिवर्तन, क्षेत्रीय द्वन्द्वका बेला नेपाली नागरिकको उद्धार तथा सुरक्षित स्वदेश फिर्ती र आपत्कालीन व्यवस्थापनका उपायबारे अध्ययन गर्नुपर्ने बताएका छन्। त्यसैगरी, खाडी मुलुकसँग नेपालको श्रम कूटनीति, आर्थिक सहकार्य र वैकल्पिक रोजगारी रणनीतिबारे नीतिगत सुझावसमेत तयार गर्नुपर्ने उनको भनाइ छ।
“खाडी क्षेत्रमा विकसित हुने राजनीतिक तथा आर्थिक घटनाक्रमको प्रभाव नेपालसम्म आइपुग्छ। त्यसैले संकट आएपछि मात्र प्रतिक्रिया दिने होइन, सम्भावित जोखिमको पूर्वानुमान गर्ने र नेपाली श्रमिकको हित संरक्षणका लागि तथ्यमा आधारित राष्ट्रिय रणनीति बनाउने समय आएको छ,” पन्तले बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
-
सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
-
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित
-
राज्यसत्ता प्रतिशोध साँध्ने औजार होइन, इनम सापकोटा प्रकरण छानबिन गर्न संसदीय समिति गठन होस्
-
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।