बुढीगण्डकी बाढी: ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुल बगायो
२५ असोज, २०८३
- उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन् । चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन् ।
काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् ।
उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन् । चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन् ।
आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल,धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज र माछा खोला झोलुङ्गे पुल, ठाडो भर्याङको झुलुंगे पुल, खोर्लाबेशी झोलुङ्गे पुल समेत बगाएको छ ।
गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बूढीगण्डकीमा बाढी: उद्धार र राहतका लागि हेलिकप्टर परिचालन
-
बूढीगण्डकीमा बाढीले ठूलो क्षति पुर्याएपछि गगन थापाद्वारा दु:ख व्यक्त, उद्धारमा जुट्न आग्रह
-
सुनचाँदीको मुल्य बढ्यो
-
काँग्रेसको मतगणना सुस्त, अहिलेसम्म उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?
-
अमेरिकामा गोली प्रहारबाट बालबालिकासहित ९ जनाको मृत्यु
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।