आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
९ मार्ग, २०८३
- सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले आयोगबाट कार्यसमिति अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भएको बताएका हुन्।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको जानकारी पार्टी बैठकमा गराएका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले आयोगबाट कार्यसमिति अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भएको बताएका हुन्।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका साथै संशोधित विधान र राजनीतिक दस्ताबेजलाई समेत आयोगले औपचारिक रूपमा अद्यावधिक गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि निर्वाचन आयोगबाट कार्यसमिति र विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भएको पुष्टि गरे।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पनि आयोगले आधिकारिकता दिएको थियो। उक्त कार्यसमितिले आयोजना गरेको १५औँ नियमित महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको थियो।
महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते संशोधित विधान, राजनीतिक दस्ताबेज र महाधिवेशनका निर्णयसहित अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।
आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको आधिकारिक अभिलेखमा थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमितिले वैधानिक मान्यता पाएको छ। यद्यपि, देउवा समूहले पनि समानान्तर महाधिवेशन गर्ने तयारीबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।
यसैबीच, हिजोदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजे पुनः बस्ने तय भएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
-
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्यो
-
पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह
-
सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।