भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

२५ असोज, २०८३
सारांश
  • धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा आज दिउँसो ३: १० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ : त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

 

धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा आज दिउँसो ३: १० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

 

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक पुनः सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार