- नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्ने घोषणा गरेको छ ।
काठमाण्डौ, २४ असोज । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्ने घोषणा गरेको छ ।
चाडबाडको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र सिलिण्डर सट्टापट्टामा देखिएको समस्या समाधान गर्न असोज २५ गतेदेखि असोज ३१ गतेसम्म ग्यास बिक्री तथा साटफेर गर्न लागिएको संघले जनाएको छ ।
काठमाण्डौको सिफलचौरबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साइबाबा र श्रीकृष्ण र ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री वितरण गरिने संघले जानकारी दिएको छ । बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री गरिने छ ।
संघका अनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहजरूपमा भइरहेको छ । गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बिक्री वितरण भइसकेको छ । उपत्यकामा समग्रमा ग्यासको आपूर्ति सहज बन्दै गए पनि चाडपर्वका बेला केही उपभोक्ताले सहजरूपमा ग्यास नपाएको र एक-अर्का ब्रान्डका सिलिण्डर साट्न नपाएको गुनासो गरेपछि यो कदम चालेको संघले बताएको छ ।
ती स्थानहरूमा काठमाण्डौ उपत्यकामा बिक्री वितरण हुने ग्यास सिलिण्डर मात्र साटफेर गरिनेछ । संघका अनुसार तोकिएका यी बिक्री केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर सट्टापट्टा गरिने छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
-
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्यो
-
पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह
-
सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।