- नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।
काठमाण्डौ, २४ असोज । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।
असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन् । त्यस्तै, १००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्दा १२ महिनाको शुल्कमा १३ महिना सेवा उपलब्ध हुनेछ । भर्चुअल सेटटप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटको व्यवस्था पनि गरिएको छ ।
मोबाइल ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका असीमित डाटा प्याकेज ल्याइएको छ। त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट र ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने एक हजार सन्देशको प्याकेज पनि उपलब्ध हुनेछ। यी मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ ।
मोबाइल अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भूमि व्यवस्था मन्त्रालयको सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
-
एमालेको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?
-
रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित
-
नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्प असन्तुष्ट, के के भने ?
-
टेलिकमले ल्यायो दसैँ–तिहार अफर
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।