स्टिभ जब्सदेखि जुकरबर्गसम्मका गुरु: नीम करोली बाबा किन यति प्रख्यात भए?

५ असोज, २०८३, सोमवार
सारांश
  • सन् १९७४ मा एप्पलका संस्थापक स्टिभ जब्स आध्यात्मिक शान्ति र सत्यको खोजमा भारत आएका थिए। उनले नीम करोली बाबाको ख्याति सुनेर कैंची धामको यात्रा तय गरे। तर उनी आश्रम पुग्दा बाबाले भौतिक शरीर त्याग गरिसकेका थिए।

केवल भारू २ करोडको सानो बजेटमा बनेको नीम करोली बाबाको जीवनमा आधारित 'हनुमान अंश' नामक चलचित्रले यतिबेला बक्स अफिसमा धमाका मचाइरहेको छ। भारतको बक्स अफिसमा २ सय करोड भन्दा बढी कमाईसकेको यो फिल्म अहिले सर्वत्र चर्चाको विषय बनेको छ।

 

चलचित्रको निर्माता अनुप्रिया नागर जम्मा २१ वर्षकी छिन, उनले एप्पलका संस्थापक स्टिभ जब्सको अध्ययन गर्दै थिईन। तर जब उनले स्टिभ जब्सको निमकरोली बाबासँगको अध्यात्मिक सम्बन्धको बारेमा बुझ्ने अवशर पाईन, त्यसपछि उनलाई बाबाको बारेमा चलचित्र बनाउने प्रेरणा जाग्यो।  उनको चलचित्र क्षेत्रसँग कुनै सम्बन्ध थिएन, न कुनै अनुभव नै।  उनले आफ्नो सानो बचतबाट बनाएको चलचित्र यतिबेला बक्स अफिसमा निक्कै लोकप्रिय बनेको छ।  

 

आखिर को हुन् नीम करोली बाबा? किन विश्वका शीर्ष उद्योगपति र दिग्गज हस्तीहरू उनको आश्रममा शीर झुकाउन पुग्छन्?

 

को हुन् नीम करोली बाबा?
नीम करोली बाबा २० औँ शताब्दीका महान् भारतीय सिद्ध सन्त तथा हनुमानका अनन्य भक्त थिए। उत्तर प्रदेशको अकबरपुरमा जन्मिएका उनको वास्तविक नाम लक्ष्मी नारायण शर्मा थियो। सादा जीवन, कम्बल ओढ्ने साधारण शैली र 'सबैलाई माया गर, सबैको सेवा गर' भन्ने उनको सरल दर्शन नै उनको मूल पहिचान थियो।

 

उत्तराखण्डको नैनीताल नजिकै रहेको कैंची धाम आश्रम उनको प्रमुख साधना थलो थियो। सन् १९७३ सेप्टेम्बर ११ मा वृन्दावनमा उनले भौतिक शरीर त्याग गरे पनि उनको आध्यात्मिक ऊर्जा र प्रभाव आज पनि उत्तिकै जीवन्त छ।

 

स्टिभ जब्सको खोज र 'अटोबायोग्राफी अफ अ योगी'
सन् १९७४ मा एप्पलका संस्थापक स्टिभ जब्स आध्यात्मिक शान्ति र सत्यको खोजमा भारत आएका थिए। उनले नीम करोली बाबाको ख्याति सुनेर कैंची धामको यात्रा तय गरे। तर उनी आश्रम पुग्दा बाबाले भौतिक शरीर त्याग गरिसकेका थिए।

 

त्यही भ्रमणका क्रममा जब्सले स्वामी परमहंस योगानन्दको विश्वप्रसिद्ध पुस्तक 'अटोबायोग्राफी अफ अ योगी' (Autobiography of a Yogi) भेट्टाए। यो पुस्तकले उनमा यति गहिरो आध्यात्मिक ऊर्जा र चेतना भरिदियो कि उनले आफ्नो बाँकी जीवनभर हरेक वर्ष यो पुस्तक पटक पटक पढ्ने गर्थे।

 

जुकरबर्गको सङ्कट र कैंची धामको यात्रा
सन् २००४-२००५ ताका फेसबुक (हाल मेटा) कठिन मोडमा थियो। कम्पनी बेच्ने कि आफैँ निरन्तर अघि बढाउने भन्ने गम्भीर द्विविधामा परेपछि मार्क जुकरबर्ग आफ्ना प्रेरक/मार्गदर्शक स्टिभ जब्सलाई भेट्न पुगे। जब्सले उनलाई आफ्नो भारत यात्राको अनुभव सुनाउँदै उत्तराखण्डस्थित कैंची धाम जान सल्लाह दिए।

 

जुकरबर्गले त्यो सल्लाह मान्दै भारत आए र कैंची धाममा केही दिन बिताए। खराब मौसमका कारण उडान रद्द भएपछि उनले आश्रममा सोचेभन्दा बढी समय बिताउन पाएका थिए। पछि सेप्टेम्बर २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सार्वजनिक टाउनहल संवादमा जुकरबर्गले भनेका थिए, "कैंची धामको त्यो यात्रापछि मानिसहरूलाई आपसमा जोड्ने फेसबुकको मूल उद्देश्यप्रति मेरो विश्वास झनै बलियो भयो।"

 

लरेन पावेल जब्स र हलिउड स्टार जुलिया रोबर्ट्स
बाबाको प्रभाव जब्स परिवारमा पछिसम्म रहिरह्यो। स्टिभ जब्सकी धर्मपत्नी लरेन पावेल जब्स (Laurene Powell Jobs) ले सन् २०२१ को महाकुम्भ मेलाका क्रममा भारत यात्रा गरिन्। उनी निरञ्जनी अखाडाका महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको सानिध्यमा रहिन्, जहाँ उनलाई 'कमला' नाम दिइएको थियो।

 

यसैगरी, हलिउडकी चर्चित अभिनेत्री जुलिया रोबर्ट्स पनि नीम करोली बाबाका कारण नै सनातन हिन्दू धर्मप्रति आकर्षित भइन्। फिल्म 'ईट प्रे लभ' को छायाङ्कनका क्रममा भारत आएकी जुलियाले बाबाको तस्बिर देखेकै भरमा अद्भुत आध्यात्मिक शान्ति महसुस गरेकी थिइन्। बाबाको तस्बिरले नै उनलाई सनातन धर्म अपनाउन प्रेरित गरेको मानिन्छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार