- टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।
काठमाडौँ: नेपाल क्रिकेट संघले जापानमा आयोजना हुने सन् २०२६ को एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुने प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली चयन गरिएको हो ।
टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।
क्रिकेटका सबै खेलहरु जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुने र सबै खेल टी-२० ढाँचामा हुनेछन् । पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन् । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग र सेप्टेम्बर २६ मा जापानसँग खेल्ने भएको छ । समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान र जापान छन्। समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् ।
समूह चरणपछि क्वार्टरफाइनल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुनेछ ।
सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
-
बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी
-
नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद् क्यालीको सदस्य बन्ने
-
प्रहरी महानिरीक्षकविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
-
धनुषामा १५ महिनाका बालक अपहरणपछि ११ दिनपछि उद्धार, महिला पक्राउ
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।