एसीसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै
२०८३ भाद्र २७ शनिवार
- नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।
- नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।
काठमाण्डौ, २७ भाद्र । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईको सामना गर्ने भएको छ ।
अब फाइनल खेल नेपाली समय अनुसार आज बिहान ७: १५ बजेदेखि मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुँदैछ । त्यस्तै, तेस्रो स्थानको खेलमा ओमान र हङकङ चाइना पनि शनिबार बिहान खेल्दैछन् ।
नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।
अब नेपाल र युएईबीचको विजेताले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा भाग लिन पाउने छन् । एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।