- कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुने कार्यतालिका छ ।
काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क तोकिएको छ ।
सार्वजनिक गरिएको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि फरक–फरक शुल्क निर्धारण गरिएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुने कार्यतालिका छ ।
निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रदेश कार्यसमितिको सभापतिका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको छ । प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
महानगरपालिका तथा उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । नगरपालिकाको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
गाउँपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । वडा कार्यसमितिको सभापतिका लागि १ हजार, उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
४० हजार धरौटीमा छुटे किस्पाङ अध्यक्ष तामाङ, १० करोडभन्दा बढीका मुद्दामा पुनः पक्राउको तयारी
-
अमेरिकाले अन्तरिक्षमा पहिलोपटक ‘कक्षीय हतियार’ तैनाथ गरेको पुष्टि
-
भारतबाट दैनिक थप ६० बुलेट ग्यास ल्याइने, एक सातामा आपूर्ति सहज हुने मन्त्रीको दाबी
-
नुवाकोटमा इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोड्ने जीपलाइन सञ्चालन
-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।