भारतबाट दैनिक थप ६० बुलेट ग्यास ल्याइने, एक सातामा आपूर्ति सहज हुने मन्त्रीको दाबी
३० भाद्र, २०८३, मगलवार
- आपूर्ति सहज बनाउन मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।
काठमाडौं: सरकारले खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न भारतबाट दैनिक थप ६० बुलेट ग्यास आयात गर्ने भएको छ ।
उद्योगमन्त्री दीपक साहका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) नेपालको मागअनुसार थप ग्यास उपलब्ध गराउन तयार भएको छ । यससँगै भारतबाट दैनिक १६० बुलेट ग्यास नेपाल भित्र्याउने तयारी गरिएको छ ।
यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुने भनिए पनि औसतमा ९० देखि ९५ बुलेट मात्रै नेपाल आइरहेको थियो । त्यसमाथि कृष्णभिरमा गएको पहिरोका कारण राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा ग्यास ढुवानी प्रभावित भएको थियो ।
आपूर्ति सहज बनाउन मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।
नवनियुक्त मन्त्री साहले आज नेपाल आयल निगमको कार्यालय पुगेर ग्यासको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि निगमले आईओसीलाई थप ग्यास उपलब्ध गराउन पत्राचार गरेको जनाइएको छ ।
मन्त्री साहले अबको एक सातामा ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।