भारतबाट दैनिक थप ६० बुलेट ग्यास ल्याइने, एक सातामा आपूर्ति सहज हुने मन्त्रीको दाबी

३० भाद्र, २०८३, मगलवार
सारांश
  • आपूर्ति सहज बनाउन मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।

काठमाडौं: सरकारले खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न भारतबाट दैनिक थप ६० बुलेट ग्यास आयात गर्ने भएको छ ।

 

उद्योगमन्त्री दीपक साहका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) नेपालको मागअनुसार थप ग्यास उपलब्ध गराउन तयार भएको छ । यससँगै भारतबाट दैनिक १६० बुलेट ग्यास नेपाल भित्र्याउने तयारी गरिएको छ ।

 

यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुने भनिए पनि औसतमा ९० देखि ९५ बुलेट मात्रै नेपाल आइरहेको थियो । त्यसमाथि कृष्णभिरमा गएको पहिरोका कारण राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा ग्यास ढुवानी प्रभावित भएको थियो ।

 

आपूर्ति सहज बनाउन मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।

 

नवनियुक्त मन्त्री साहले आज नेपाल आयल निगमको कार्यालय पुगेर ग्यासको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि निगमले आईओसीलाई थप ग्यास उपलब्ध गराउन पत्राचार गरेको जनाइएको छ ।

 

मन्त्री साहले अबको एक सातामा ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार