आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको आपत्ति

३० भाद्र, २०८३, मगलवार
सारांश
  • उनले भनिन्- 'आईसीयूमा अन्तरवार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरूको जीवन पनि रिक्समा राख्न मिल्छ कि मिल्दैन ?'

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा प्रश्न उठाएकी छन् ।

 

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले भोटेकोसी बाढीको सुरुङबाट निकालिएका व्यक्तिहरूको अस्पतालको आईसीयू कक्षमा नै गएर अन्तवार्ता लिएको विषयमा अन्तर्वार्ता लिने र स्वीकृति दिनेप्रति प्रश्न गरेकी हुन् ।

 

उनले भनिन्- 'आईसीयूमा अन्तरवार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरूको जीवन पनि रिक्समा राख्न मिल्छ कि मिल्दैन ?'

 

बास्कोटाले अन्तर्वार्ताको स्वीकृत दिएको विषयमा समेत प्रश्न गर्दै उनले मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनुपर्ने बताएकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार