विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग

३० भाद्र, २०८३, मगलवार
सारांश
  • सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

 

आङ्देम्बेका अनुसार सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि समिति गठन गर्ने विषय उठेको थियो । संसद्को रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बितिसक्दा पनि समिति गठन नभएको भन्दै उनले अब एक साताभित्र समिति बनाउन आग्रह गरेका छन् ।

 

उनले प्रस्तावित समिति सरकारको विरोधका लागि नभई सरकारलाई थप जिम्मेवार र व्यवस्थित बनाउन तथा पहुँच नपुगेका क्षेत्रमा राहत पुर्‍याउन सहयोगी बन्ने बताए । भेटका क्रममा विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई समेत अघि बढाउन सभामुखको ध्यानाकर्षण गराइएको आङ्देम्बेले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार