विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग
३० भाद्र, २०८३, मगलवार
- सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
आङ्देम्बेका अनुसार सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि समिति गठन गर्ने विषय उठेको थियो । संसद्को रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बितिसक्दा पनि समिति गठन नभएको भन्दै उनले अब एक साताभित्र समिति बनाउन आग्रह गरेका छन् ।
उनले प्रस्तावित समिति सरकारको विरोधका लागि नभई सरकारलाई थप जिम्मेवार र व्यवस्थित बनाउन तथा पहुँच नपुगेका क्षेत्रमा राहत पुर्याउन सहयोगी बन्ने बताए । भेटका क्रममा विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई समेत अघि बढाउन सभामुखको ध्यानाकर्षण गराइएको आङ्देम्बेले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।