नुवाकोटमा इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोड्ने जीपलाइन सञ्चालन
३० भाद्र, २०८३, मगलवार
- नदी वारपारका लागि पुल निर्माण वा अन्य वैकल्पिक आवागमनको व्यवस्था नभएसम्म जीपलाइन सेवा निरन्तर सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।
नुवाकोट: विदुर नगरपालिका–१ इन्द्रायणीचौरबाट साविक त्रिशूली बसपार्कसम्म सहज आवतजावतका लागि जीपलाइन सञ्चालनमा ल्याइएको छ ।
जीपलाइनबाट इन्द्रायणीचौरबाट नदीपारि करिब ३० देखि ३५ सेकेन्डमै पुग्न सकिनेछ । एकपटकमा एक जना यात्रु आवतजावत गर्न मिल्ने गरी आजदेखि सेवा सञ्चालनमा आएको हो ।
नदी वारपारका लागि पुल निर्माण वा अन्य वैकल्पिक आवागमनको व्यवस्था नभएसम्म जीपलाइन सेवा निरन्तर सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको आग्रहमा दरबार एडभेन्चर जीपलाइन लज, नुवाकोटले जीपलाइन सञ्चालनका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।