नुवाकोटमा इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोड्ने जीपलाइन सञ्चालन
३० भाद्र, २०८३, मगलवार
- नदी वारपारका लागि पुल निर्माण वा अन्य वैकल्पिक आवागमनको व्यवस्था नभएसम्म जीपलाइन सेवा निरन्तर सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।
नुवाकोट: विदुर नगरपालिका–१ इन्द्रायणीचौरबाट साविक त्रिशूली बसपार्कसम्म सहज आवतजावतका लागि जीपलाइन सञ्चालनमा ल्याइएको छ ।
जीपलाइनबाट इन्द्रायणीचौरबाट नदीपारि करिब ३० देखि ३५ सेकेन्डमै पुग्न सकिनेछ । एकपटकमा एक जना यात्रु आवतजावत गर्न मिल्ने गरी आजदेखि सेवा सञ्चालनमा आएको हो ।
नदी वारपारका लागि पुल निर्माण वा अन्य वैकल्पिक आवागमनको व्यवस्था नभएसम्म जीपलाइन सेवा निरन्तर सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको आग्रहमा दरबार एडभेन्चर जीपलाइन लज, नुवाकोटले जीपलाइन सञ्चालनका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
-
बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी
-
नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद् क्यालीको सदस्य बन्ने
-
प्रहरी महानिरीक्षकविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
-
धनुषामा १५ महिनाका बालक अपहरणपछि ११ दिनपछि उद्धार, महिला पक्राउ
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।