४० हजार धरौटीमा छुटे किस्पाङ अध्यक्ष तामाङ, १० करोडभन्दा बढीका मुद्दामा पुनः पक्राउको तयारी

३० भाद्र, २०८३, मगलवार
सारांश
  • प्रहरीले तामाङलाई मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार सिंहदरबारबाट पक्राउ परेका तामाङलाई अदालतको आदेशपछि पनि अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरीले पुनः हिरासतमा लैजाने भएको छ ।

 

प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको जाहेरीका आधारमा तामाङ पक्राउ परेका थिए । उनीविरुद्ध अरुण अर्यालले ५ लाख २५ हजार रुपैयाँको बाउन्स चेकसम्बन्धी मुद्दामा जाहेरी दिएका थिए ।

 

प्रहरीले तामाङलाई मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

तर, तामाङविरुद्ध अन्य नौवटा मुद्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमै बैंकिङ कसुरसम्बन्धी पाँचवटा मुद्दा दर्ता छन् । त्यस्तै, महाराजगञ्ज, जनसेवा र लैनचौर प्रहरी वृत्तमा पनि उनीविरुद्ध बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।

 

भक्तपुर जिल्ला प्रहरी परिसरमा भने तामाङविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ । दर्ता भएका सबै मुद्दाका मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ । प्रहरीका अनुसार तामाङविरुद्ध दर्ता भएका मुद्दाको कुल रकम १० करोड रुपैयाँभन्दा बढी छ ।

 

भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलपछि बाहिरिने क्रममा सोमबार अनामनगरको हनुमानस्थानबाट तामाङ पक्राउ परेका थिए ।

 

पक्राउपछि प्रहरी वृत्त दरबारमार्गमा राखिएका उनलाई मंगलबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा लैजाने तयारी गरिएको छ । परिसरमा दर्ता भएका पाँचवटा मुद्दामा अनुसन्धान अघि बढाउन उनलाई पुनः अदालतमा पेश गरिने प्रवक्ता एसपी थापाले बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार