भदौ महिनाको करदाता उपहार असोज १ गते घोषणा हुँदै, ३३ जनाले जित्ने
२७ भाद्र, २०८३, शनिवार
- पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइन भुक्तानी गरेमा कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ।
काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ।
आन्तरिक राजस्व विभागले भदौ महिनाभरिका कारोबारबाट ३१ जना दैनिक पुरस्कार विजेता र दुई जना बम्पर विजेता छनोट गर्ने तयारी गरेको छ।
विभागका अनुसार दैनिक पुरस्कारतर्फ ३१ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन् भने दुई जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने भएकाले दैनिक विजेताले एक लाख र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पाउनेछन्।
पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइन भुक्तानी गरेमा कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ। नगद कारोबार गर्नेले भने विभागको पोर्टलमा बिल अपलोड गरी कुपन लिनुपर्नेछ।
भदौ १ देखि १५ गतेसम्मका बिल भदौ १५ गतेभित्र र भदौ १६ देखि ३१ गतेसम्मका बिल भदौ मसान्तको राति १२ बजेसम्म दर्ता गरिसक्नुपर्ने विभागले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।