भदौ महिनाको करदाता उपहार असोज १ गते घोषणा हुँदै, ३३ जनाले जित्ने

२७ भाद्र, २०८३, शनिवार
सारांश
  • पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइन भुक्तानी गरेमा कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ।

काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ। 

 

आन्तरिक राजस्व विभागले भदौ महिनाभरिका कारोबारबाट ३१ जना दैनिक पुरस्कार विजेता र दुई जना बम्पर विजेता छनोट गर्ने तयारी गरेको छ।

 

विभागका अनुसार दैनिक पुरस्कारतर्फ ३१ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन् भने दुई जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने भएकाले दैनिक विजेताले एक लाख र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पाउनेछन्।

 

पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। अनलाइन भुक्तानी गरेमा कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ। नगद कारोबार गर्नेले भने विभागको पोर्टलमा बिल अपलोड गरी कुपन लिनुपर्नेछ।

 

भदौ १ देखि १५ गतेसम्मका बिल भदौ १५ गतेभित्र र भदौ १६ देखि ३१ गतेसम्मका बिल भदौ मसान्तको राति १२ बजेसम्म दर्ता गरिसक्नुपर्ने विभागले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार