युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

२७ भाद्र, २०८३, शनिवार
सारांश
  • नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो ।

काठमाडौँ: नेपालले युएई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यो जितसँगै नेपाल २०२७ को एशिया कपमा छनौ भएको छ ।

 

नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो । 

 

युएईका लागि राहुल चोपडाले १०० रन बनाएका थिए भने सोहैब खानले ५२, तनिश पुरीले ४२ रन र हरप्रीत सिंहले ३३ रन बनाएका थिए । 

 

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन  झाले अर्धशतक बनाउदै ५२ रन बनाएका थिए । त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए ।

 

त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए ।

 

यो जितपछि नेपालले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा छनौट भएको छ । एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार