नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

२५ भाद्र, २०८३, बिहिवार
सारांश
  • सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४१ कम्पनिका एक करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ४५ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड १२ लाख बराबरको कारोबार भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार