नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • आज ३४५ कम्पनिका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४५ कम्पनिका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १०.५३ प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको शेयर १०.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मल्टीपर्पोज फाइनान्सको शेयर ५.७१ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३६ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ५१ लाख बराबरको कारोबार भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार