महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दियो

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् ।

 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले संघीय सरकारको अस्पताल बाहिर महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो मातृ स्वास्थ्य र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको बताएकी हुन् ।

 

उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् । 

 

उनले आमा सुरक्षा स्वास्थ्यलाई व्यवस्थित गर्न सुझाव दिदै तत्काल कानुनी व्यवस्था परिवर्तन गर्नुपरे गरेर भएपनि सो लागु गर्न माग गरेकी छन् । सांसद कार्कीले बबिताजस्ता महिला अस्पताल पुगेपनि राज्य बबिता जस्ता महिलासम्म नपुगेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

 

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार