- गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
उनले भने- महाधिवेशनका बारेमा तिथिमिति केहि सर्छकी फेरी तलमाथि पर्छ की भनेर केहि साथीहरु अल्मलिएको पाए, हामी संबिधानले पनि बाधिएका छौं, पार्टीको विधानले पनि बाधिएका छौं, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाधिएका छौं । एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन ।'
सभापति थापाले कार्यक्रममा वरिष्ठ नेताहरुले युवाहरु पार्टीको नेतृत्व आएपछि सहयोगी हुनुपर्ने बताउदै सुजाता कोइरालाले त्यो भूमिका निभाइरहेको बताए ।
सभापति थापाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले लिएको खुला र उदार अर्थतन्त्रको नीति लिएका कारण अहिले नेपाल यतिको स्थानमा आएको बताउदै त्यस बारेमा फाउन्डेसनले अध्ययन गरेर अगाडी ल्याउनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सुजाता कोइरालाले डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।