चितवनमा इभी कारमा आगलागी, एक जनाको मृत्यु

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पुरुषजस्तो देखिने एक व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए ।

काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा विद्युतीय (इभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको थियो ।

 

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पुरुषजस्तो देखिने एक व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए । आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

 

मृतकको सनाखत हुन नसकेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार