चितवनमा इभी कारमा आगलागी, एक जनाको मृत्यु

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पुरुषजस्तो देखिने एक व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए ।

काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा विद्युतीय (इभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको थियो ।

 

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पुरुषजस्तो देखिने एक व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए । आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

 

मृतकको सनाखत हुन नसकेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार