महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दियो
२६ भाद्र, २०८३, शुक्रवार
- उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले संघीय सरकारको अस्पताल बाहिर महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो मातृ स्वास्थ्य र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको बताएकी हुन् ।
उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् ।
उनले आमा सुरक्षा स्वास्थ्यलाई व्यवस्थित गर्न सुझाव दिदै तत्काल कानुनी व्यवस्था परिवर्तन गर्नुपरे गरेर भएपनि सो लागु गर्न माग गरेकी छन् । सांसद कार्कीले बबिताजस्ता महिला अस्पताल पुगेपनि राज्य बबिता जस्ता महिलासम्म नपुगेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
-
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, विहिबारदेखि भारी वर्षाको सम्भावना
-
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
-
गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।