मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा किन मागिन माफी ?

२५ भाद्र, २०८३, बिहिवार
सारांश
  • मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको अभिव्यक्ति दिएकी थिइन् ।

काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन् । 

 

बिहीबारको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै भदौ २३ गते जेनजी दिवसको अवसरमा आयोजित कायर्क्रममा राष्ट्रिय सभा बारे दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन् ।

 

मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको अभिव्यक्ति दिएकी थिइन् । 

 

सो अभिव्यक्तिप्रति राष्ट्रिय सभामा सांसदहरुले आपत्ति जनाउदै राष्ट्रिय सभाले कुन कुन कानुन बनाउन अवरोध गर्यो स्पष्ट जवाफ दिन माग गरेका थिए । नेकपाकी सांसद रेणु चन्दले मन्त्री गौतम झुटो बोलेको भन्दै प्रतिनधिसभाबाट आएको कानुनहरू हालसम्म कुनै नरोकिएको भन्दै मन्त्री गौतमले राष्ट्रिय सभाको गरिमालाई चोट पुर्‍याएको भन्दै माफी माग्नुपर्ने माग गरेकी थिइन् ।

 

राष्ट्रिय सभामा जवाफ दिदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरिएको दाबी गर्दै आफुले कानुन बनाउने प्रक्रिया जटिल भएको भन्न खोजेको बताएकी थिइन् । उनले भनिन्- 'मैले बोलेको कुराले कसैलाई चोट पुर्‍याएको छ त्यसमा म क्षमाप्रार्थी छु ।'

विहिबारकै बैठकमा मन्त्री गौतमको अभिव्यक्तिप्रति एमाले सांसद रामकुमारी झाँक्रीले समेत आपत्ति जनाएकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार