- गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
उनले भने- महाधिवेशनका बारेमा तिथिमिति केहि सर्छकी फेरी तलमाथि पर्छ की भनेर केहि साथीहरु अल्मलिएको पाए, हामी संबिधानले पनि बाधिएका छौं, पार्टीको विधानले पनि बाधिएका छौं, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाधिएका छौं । एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन ।'
सभापति थापाले कार्यक्रममा वरिष्ठ नेताहरुले युवाहरु पार्टीको नेतृत्व आएपछि सहयोगी हुनुपर्ने बताउदै सुजाता कोइरालाले त्यो भूमिका निभाइरहेको बताए ।
सभापति थापाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले लिएको खुला र उदार अर्थतन्त्रको नीति लिएका कारण अहिले नेपाल यतिको स्थानमा आएको बताउदै त्यस बारेमा फाउन्डेसनले अध्ययन गरेर अगाडी ल्याउनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सुजाता कोइरालाले डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
-
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, विहिबारदेखि भारी वर्षाको सम्भावना
-
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
-
गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।