आशिका तामाङको प्रश्न- देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ?

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले देशमा सरकारभन्दा ठुलो माफिया नै हो त भन्ने प्रश्न गर्दै ग्यास छैन भने सरकारले छैन भन्न सक्नु पर्ने बताइन ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ग्यासको हाहाकार भएको विषयमा सरकारको आलोचना गरेकी छन् ।

 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले देशमा सरकारभन्दा ठुलो माफिया नै हो त भन्ने प्रश्न गर्दै ग्यास छैन भने सरकारले छैन भन्न सक्नु पर्ने बताइन ।

 

उनले भनिन्- 'के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नुपर्ने दिन हेर्न हामीलाई जनताले दुई तिहाई मत दिएको हो त ? यदि साच्चै नै ग्यास छैन भने अहिले नै सरकारले ग्यास छैन भनेर घोषणा गर्नु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्यो ।

 

उनले मन्त्री फेरिएको प्रति पनि टिप्पणी गर्दै ग्यासका लागि महिनै पिच्छे मन्त्री फेरेर समाधान नहुने भन्दै भनिन्- 'महिनै पिच्छे ग्यासको लागि मन्त्रीहरु परिवर्तन गर्दै जानेको भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन ठुलो बढी हुने छ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार