आशिका तामाङको प्रश्न- देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ?
२६ भाद्र, २०८३, शुक्रवार
- शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले देशमा सरकारभन्दा ठुलो माफिया नै हो त भन्ने प्रश्न गर्दै ग्यास छैन भने सरकारले छैन भन्न सक्नु पर्ने बताइन ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ग्यासको हाहाकार भएको विषयमा सरकारको आलोचना गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले देशमा सरकारभन्दा ठुलो माफिया नै हो त भन्ने प्रश्न गर्दै ग्यास छैन भने सरकारले छैन भन्न सक्नु पर्ने बताइन ।
उनले भनिन्- 'के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नुपर्ने दिन हेर्न हामीलाई जनताले दुई तिहाई मत दिएको हो त ? यदि साच्चै नै ग्यास छैन भने अहिले नै सरकारले ग्यास छैन भनेर घोषणा गर्नु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्यो ।
उनले मन्त्री फेरिएको प्रति पनि टिप्पणी गर्दै ग्यासका लागि महिनै पिच्छे मन्त्री फेरेर समाधान नहुने भन्दै भनिन्- 'महिनै पिच्छे ग्यासको लागि मन्त्रीहरु परिवर्तन गर्दै जानेको भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन ठुलो बढी हुने छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
-
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, विहिबारदेखि भारी वर्षाको सम्भावना
-
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
-
गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।