राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेका छन् ।

काठमाडौँ: सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाबारे छानबिन भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्। घटनामा दोषी देखिए कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।

 

घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र नैतिक समिति सदस्य डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ ।

 

अस्पतालको सेवामा के कमजोरी भयो र सेवाग्राही अस्पताल परिसरबाहिर पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय छानबिनबाट स्पष्ट हुने मन्त्री मेहताले बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामबाट हटाएर थप छानबिन अघि बढाइएको पनि उनले जानकारी दिइन् ।

 

सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गर्नुका साथै प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थामा शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो। सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएकाले कुनै पनि महिलाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसूति गर्नुपर्ने अवस्था आउन नहुने मन्त्री मेहताले बताइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार