भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन बर्षामान पुनको माग
२६ भाद्र, २०८३, शुक्रवार
- पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् ।
काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् ।
उनले बाढी प्रभावित निजी क्षेत्रलाई उचित क्षतिपुर्तिको घोषणा गर्न माग गर्दै प्रभावितका लागि सुरक्षित आवासको व्यवस्था गर्न समेत माग गरेका छन् । उनले जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायलाई बुझाउने र न्यायपूर्ण क्षतिपूर्तिको माग गर्नुपर्ने बताउदै हिमाली जोखिमको मुल्यांकन वैज्ञानिक रुपले गर्नुपर्ने बताए ।
सांसद पुनले राष्ट्रिय जलवायु र विपद कोष स्थापना गर्न माग गर्दै उनले विपद पछिको राहत र उद्धारका लागि स्रोत सुनिश्चित गर्न माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।