भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन बर्षामान पुनको माग
२६ भाद्र, २०८३, शुक्रवार
- पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् ।
काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् ।
उनले बाढी प्रभावित निजी क्षेत्रलाई उचित क्षतिपुर्तिको घोषणा गर्न माग गर्दै प्रभावितका लागि सुरक्षित आवासको व्यवस्था गर्न समेत माग गरेका छन् । उनले जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायलाई बुझाउने र न्यायपूर्ण क्षतिपूर्तिको माग गर्नुपर्ने बताउदै हिमाली जोखिमको मुल्यांकन वैज्ञानिक रुपले गर्नुपर्ने बताए ।
सांसद पुनले राष्ट्रिय जलवायु र विपद कोष स्थापना गर्न माग गर्दै उनले विपद पछिको राहत र उद्धारका लागि स्रोत सुनिश्चित गर्न माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
-
बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
-
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
-
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता
-
प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्- गगन थापा
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।