बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
२६ भाद्र, २०८३, शुक्रवार
- शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए ।
काठमाडौँ: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा छलफल गर्ने भएको छ ।
दुवै पक्षका दस्तावेज अध्ययन गरी छलफलपछि एउटै प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने सहमति भएको छ ।
शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए । एउटा महासचिवको तर्फबाट र अर्को आफ्नो तर्फबाट भन्दै उनले दस्तावेज पेस गरेका थिए ।
बैठकमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्नु उपयुक्त नहुने धारणा आएपछि दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन बनाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
शुक्रबार प्रस्तुत दस्तावेजको अध्ययनपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको हो । कार्यदलले छलफलबाट साझा प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा बुझाउनेछ । एमालेको सचिवालय बैठक र असोज ५–७ गतेको केन्द्रीय कमिटी बैठकका लागि कार्यदलको आवासीय बैठकले तयार गरेको एउटै ‘प्रतिवेदन’ छलफलका लागि पेश हुने बताइएको छ ।
एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव दिन कार्यदल गठन गरेको थियो । एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको कार्यदलले चार महिना बित्न लाग्दा पनि प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन । कार्यदलले यसअघि १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरी सुझाव संकलन गरेको थियो ।
बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले भने महासचिवको दस्तावेजमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषय नरहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
-
बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
-
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
-
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता
-
प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्- गगन थापा
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।