प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्- गगन थापा
२६ भाद्र, २०८३, शुक्रवार
- सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको आरोप लगाएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।
शुक्रबार गिरिजाप्रसाद इराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको आरोप लगाएका हुन् ।
उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको बताए ।
उनले २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको बताउदै त्यति बेलाको सरकारको नीतिका कारण नै अहिले नेपाल खुला अर्थतन्त्रमा रहेको र निजी क्षेत्रको विकास भएको बताए बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
-
बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
-
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
-
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता
-
प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्- गगन थापा
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।