बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
२६ भाद्र, २०८३, शुक्रवार
- उनी लेख्छन्, ‘ज्ञानेन्द्र शाह धेरै सोझो भएर हो । शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको कुरालाई कमजोरी नठाने हुन्छ । ज्ञानेन्द्र अत्याचार गर्नेमा होइन, इतिहास सिर्जना गर्ने शासक हुन् । जनयुद्धले इतिहास त रच्यो, तर अत्याचारको ।’
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद राजीव खत्रीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
नेकपाका नेता बर्षमान पुनको अभिव्यक्तिलाई लक्ष्यित गर्दै उनले सो चेतावनी दिएका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै खत्रीले पूर्वराजा ज्ञानेन्द्रले देशको शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको स्मरण गराएका छन् ।
उनले लेखेका छन्, ‘राजाविरुद्ध हतियार उठाएर आएको हो, नजिस्क्याउनु भन्दै धम्की दिएको एउटा भिडियो हेरेँ । आज पनि ज्ञानेन्द्र शाह बाटोमा हिँड्दा ‘फेरि राजै हुन आए’ भन्दै तर्सिने नक्कली बहादुरहरूले गफ दिएको सुनेर हाँस उठ्यो ।’
खत्रीले पूर्वराजालाई सोझो व्यक्तिको संज्ञा दिएका छन् ।
उनी लेख्छन्, ‘ज्ञानेन्द्र शाह धेरै सोझो भएर हो । शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको कुरालाई कमजोरी नठाने हुन्छ । ज्ञानेन्द्र अत्याचार गर्नेमा होइन, इतिहास सिर्जना गर्ने शासक हुन् । जनयुद्धले इतिहास त रच्यो, तर अत्याचारको ।’
त्याग गर्न सक्ने व्यक्तिलाई झुटो आरोप लगाएर होइन, इतिहास र योगदानका आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।
खत्रीले थपेका छन्, ‘त्याग्न सक्ने त्यागीलाई झुटा आरोपले होइन, इतिहास र योगदानले मूल्याङ्कन गरौँ । अझै पनि ज्ञानेन्द्र शाहलाई कमजोर नठाने हुन्छ । यति हो, राजा ल्याउँछु भन्ने दलका नेताहरू नक्कली राजावादी भएर मात्र हो ।’
नेकपाका नेता पुनले हिजो सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरु निरंकुश राज्यसत्ताविरुद्ध बन्दुक उठाएर आएको भन्दै नधम्क्याउन चेतावनी दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
-
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, विहिबारदेखि भारी वर्षाको सम्भावना
-
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
-
गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।