बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
२६ भाद्र, २०८३, शुक्रवार
- उनी लेख्छन्, ‘ज्ञानेन्द्र शाह धेरै सोझो भएर हो । शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको कुरालाई कमजोरी नठाने हुन्छ । ज्ञानेन्द्र अत्याचार गर्नेमा होइन, इतिहास सिर्जना गर्ने शासक हुन् । जनयुद्धले इतिहास त रच्यो, तर अत्याचारको ।’
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद राजीव खत्रीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
नेकपाका नेता बर्षमान पुनको अभिव्यक्तिलाई लक्ष्यित गर्दै उनले सो चेतावनी दिएका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै खत्रीले पूर्वराजा ज्ञानेन्द्रले देशको शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको स्मरण गराएका छन् ।
उनले लेखेका छन्, ‘राजाविरुद्ध हतियार उठाएर आएको हो, नजिस्क्याउनु भन्दै धम्की दिएको एउटा भिडियो हेरेँ । आज पनि ज्ञानेन्द्र शाह बाटोमा हिँड्दा ‘फेरि राजै हुन आए’ भन्दै तर्सिने नक्कली बहादुरहरूले गफ दिएको सुनेर हाँस उठ्यो ।’
खत्रीले पूर्वराजालाई सोझो व्यक्तिको संज्ञा दिएका छन् ।
उनी लेख्छन्, ‘ज्ञानेन्द्र शाह धेरै सोझो भएर हो । शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको कुरालाई कमजोरी नठाने हुन्छ । ज्ञानेन्द्र अत्याचार गर्नेमा होइन, इतिहास सिर्जना गर्ने शासक हुन् । जनयुद्धले इतिहास त रच्यो, तर अत्याचारको ।’
त्याग गर्न सक्ने व्यक्तिलाई झुटो आरोप लगाएर होइन, इतिहास र योगदानका आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।
खत्रीले थपेका छन्, ‘त्याग्न सक्ने त्यागीलाई झुटा आरोपले होइन, इतिहास र योगदानले मूल्याङ्कन गरौँ । अझै पनि ज्ञानेन्द्र शाहलाई कमजोर नठाने हुन्छ । यति हो, राजा ल्याउँछु भन्ने दलका नेताहरू नक्कली राजावादी भएर मात्र हो ।’
नेकपाका नेता पुनले हिजो सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरु निरंकुश राज्यसत्ताविरुद्ध बन्दुक उठाएर आएको भन्दै नधम्क्याउन चेतावनी दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
-
बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
-
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
-
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ- मन्त्री मेहता
-
प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्- गगन थापा
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।