महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
२१ भाद्र, २०८३, आइतवार
- कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए ।
कञ्चनपुर: नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए ।
लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने बताएका थिए । सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताए ।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न र आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूले गरेको लेखकले बताएका थिए । 'हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,' उनले भने ।
पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अझै समाधानको सम्भावना रहेको बताएका थिए । उनले महाधिवेशन प्रक्रिया रोक्दै अदालतको फैसला कुर्नुपर्ने बताए । आधिकारिकतासम्बन्धी मुख्य मुद्दा विचाराधीन रहेकाले एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधान मान्न नहुने उनको भनाइ थियो ।
लेखकले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुने चेतावनी दिँदै त्यसको जिम्मेवारी महाधिवेशन अघि बढाउने पक्षले लिनुपर्ने बताएका थिए । कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा आफूले महाधिवेशन रोक्न आग्रह गरिरहेको उनले बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
-
बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
-
तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।