ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
२१ भाद्र, २०८३, आइतवार
- मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिक तथा स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई समेत भेटेका थिए ।
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीलाई भेटेका छन् ।
आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले महर्जनका परिवारसँग समेत भेट गरी हौसला प्रदान गरेका थिए ।
मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिक तथा स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई समेत भेटेका थिए । उनका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र पानी तथा लेदोबाट भएका घाउ तथा चोटहरू निको हुँदै गएका छन् ।
श्रेष्ठले शारीरिक चोटसँगै प्रभावितहरूलाई मानसिक तथा मनोवैज्ञानिक परामर्श आवश्यक रहेको बताएका थिए । उनले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्मीलाई धन्यवाद दिएका थिए । अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’