गगन थापाको प्रधानमन्त्री शाहलाई विज्ञको सुझाव लिएर राष्ट्रसंघमा प्रमाणसहित कुरा राख्न आग्रह
२१ भाद्र, २०८३, आइतवार
- सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई तयारी गरेर प्रमाणसहित राष्ट्रसंघमा नेपालका कुरा राख्न सुझाव दिएका छन् ।
नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तयारी गरेर प्रमाणसहित जलवायु न्यायका कुरा राष्ट्रसंघको महासभामा राख्न आग्रह गरेका छन् ।
सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
उनले भनेका छन्- 'भोटेकोशी बाढीको सन्दर्भमा एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ । हामीले लबी गर्नु पर्ने छ । लबी गर्दै गर्दा संस्थाहरुलाई कम्जोर ठान्नु हुदैन । प्रधानमन्त्री राष्ट्रसंघको महासभामा जादै हुनुहुन्छ, यस्तो पनि नसोचियोसकी यो भन्दा पहिला कुनै प्रधानमन्त्री महासभामा जानुभएको छ ।
यो भन्दा पनि महासभामा गएर हिमालदेखि महासागरसम्मको भाषण गरेको याद छ । यो भन्दा अगाडीका प्रधानमन्त्रीहरुले कोप २६ र कोप २८ मा हिमाली क्षेत्रमा परेको संकटको बारेमा कुरा राख्नुभएको छ । अहिले नेपालीहरु विश्वभर यस क्षेत्रमा काम गरिरहेका छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । तपाइँ जानु भन्दा पहिला नेपाल भित्र यो भन्दा पहिलाका सरकारहरुले के गरेका थिए भने कुरा एक पटक पल्टाएर हेर्नुस् । नेपालका संस्थाहरुले राम्रा कुराहरु, नेपालका संस्थाहरु कुन कुन छन्, विश्वविद्यालयहरु छन्, अन्तर्राष्ट्रिय संस्था छन्, ति संस्थाहरुको अध्ययन टेबुलमा ल्याउनुस ।
विज्ञहरु हुनुहुन्छ, केवल सचिवालयका सदस्यहरुको भर नपर्नुस । महासभालाई प्रभावित पार्न सक्ने नेपालीहरु अमेरिकामै बस्छन् । उनीहरु प्रधानमन्त्रीको एक कलमा नेपाल आएर सहयोग गर्छन् । प्रधानमन्त्री जानुभन्दा पहिला यी दुई तीनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजबको बनाउन सकिने ठाउ छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’