गगन थापाको प्रधानमन्त्री शाहलाई विज्ञको सुझाव लिएर राष्ट्रसंघमा प्रमाणसहित कुरा राख्न आग्रह
२१ भाद्र, २०८३, आइतवार
- सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई तयारी गरेर प्रमाणसहित राष्ट्रसंघमा नेपालका कुरा राख्न सुझाव दिएका छन् ।
नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तयारी गरेर प्रमाणसहित जलवायु न्यायका कुरा राष्ट्रसंघको महासभामा राख्न आग्रह गरेका छन् ।
सभापति थापाले विगतका सरकारले जलवायु परिवर्तन बारे गरेका निर्णय, अन्तर्राष्ट्रिय मन्चमा राखेका विगतका सरकारले उठाएका विषय, नेपाल र विदेशमा रहेका विषय विज्ञको सुझाव सबै टेबुलमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
उनले भनेका छन्- 'भोटेकोशी बाढीको सन्दर्भमा एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ । हामीले लबी गर्नु पर्ने छ । लबी गर्दै गर्दा संस्थाहरुलाई कम्जोर ठान्नु हुदैन । प्रधानमन्त्री राष्ट्रसंघको महासभामा जादै हुनुहुन्छ, यस्तो पनि नसोचियोसकी यो भन्दा पहिला कुनै प्रधानमन्त्री महासभामा जानुभएको छ ।
यो भन्दा पनि महासभामा गएर हिमालदेखि महासागरसम्मको भाषण गरेको याद छ । यो भन्दा अगाडीका प्रधानमन्त्रीहरुले कोप २६ र कोप २८ मा हिमाली क्षेत्रमा परेको संकटको बारेमा कुरा राख्नुभएको छ । अहिले नेपालीहरु विश्वभर यस क्षेत्रमा काम गरिरहेका छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । तपाइँ जानु भन्दा पहिला नेपाल भित्र यो भन्दा पहिलाका सरकारहरुले के गरेका थिए भने कुरा एक पटक पल्टाएर हेर्नुस् । नेपालका संस्थाहरुले राम्रा कुराहरु, नेपालका संस्थाहरु कुन कुन छन्, विश्वविद्यालयहरु छन्, अन्तर्राष्ट्रिय संस्था छन्, ति संस्थाहरुको अध्ययन टेबुलमा ल्याउनुस ।
विज्ञहरु हुनुहुन्छ, केवल सचिवालयका सदस्यहरुको भर नपर्नुस । महासभालाई प्रभावित पार्न सक्ने नेपालीहरु अमेरिकामै बस्छन् । उनीहरु प्रधानमन्त्रीको एक कलमा नेपाल आएर सहयोग गर्छन् । प्रधानमन्त्री जानुभन्दा पहिला यी दुई तीनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजबको बनाउन सकिने ठाउ छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
-
बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
-
तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।