गृहमन्त्री गुरुङ अस्वस्थ, सैनिक अस्पतालमा भर्ना

२१ भाद्र, २०८३, आइतवार
सारांश
  • रसुवामा आएको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।

काठमाडौँ: गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् ।

 

अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरो आउनुका साथै ढाड दुख्ने र शरीर तथा खुट्टामा डाबरजस्ता खटिरा देखिएको छ ।

 

रसुवामा आएको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।

 

उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण तथा उपचार भइरहेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार