तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
२१ भाद्र, २०८३, आइतवार
- प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भदौ २२ गतेदेखि प्रत्येक दिन सवारी साधन सञ्चालनमा रोक लगाएर माटो कटानको काम गरिनेछ । सडकखण्डमा सवारी साधनको आवागमन न्यून रहेको समयको सदुपयोग गर्दै कामलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो । हाल मुग्लिन-काठमाडौँ सडक अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने कार्य भएकाले सडक बन्द रहेको छ ।
प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ ।
माटो कटान कार्यका कारण सवारी साधन प्रभावित हुने भएकाले यात्रुले उक्त तालिकाअनुसार यात्रा तथा सवारी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’