तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक

२१ भाद्र, २०८३, आइतवार
सारांश
  • प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ ।

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भदौ २२ गतेदेखि प्रत्येक दिन सवारी साधन सञ्चालनमा रोक लगाएर माटो कटानको काम गरिनेछ । सडकखण्डमा सवारी साधनको आवागमन न्यून रहेको समयको सदुपयोग गर्दै कामलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो । हाल मुग्लिन-काठमाडौँ सडक अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने कार्य भएकाले सडक बन्द रहेको छ ।

 

प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ ।

 

माटो कटान कार्यका कारण सवारी साधन प्रभावित हुने भएकाले यात्रुले उक्त तालिकाअनुसार यात्रा तथा सवारी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार