- थापाले शनिबार खड्का र आइतबार कोइरालासँग भेट गरी पार्टीको आन्तरिक अवस्था तथा आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
थापाले शनिबार खड्का र आइतबार कोइरालासँग भेट गरी पार्टीको आन्तरिक अवस्था तथा आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।
आज दिउँसो भएको भेटमा सभापति थापा र नेता कोइरालाबीच पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको थियो । कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए ।
कोइरालाले पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको बताएका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।
यसैबीच, आसन्न महाधिवेशन तथा भोटेकोशी बाढीपछिको राहत र पुनर्निर्माणलगायत विषयमा छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा पार्टीभित्रको पछिल्लो विवाद र आगामी राजनीतिक रणनीतिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’