- ३९ वर्षीया खलिफा अपराधसम्बन्धी टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण परिचित थिइन् । उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् ।
काठमाडौँ: इजिप्टमा टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको मृत्युदण्ड सुनाइएको छ ।
सरकारी समाचारपत्र अल अहरामका अनुसार उनीहरू बिक्री गर्ने उद्देश्यले लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गर्ने आपराधिक समूहमा संलग्न रहेको आरोपमा दोषी ठहर भएका हुन् । उनीहरूबाट अवैध हतियार र गोलीगठ्ठासमेत बरामद भएको अदालतले जनाएको छ ।
३९ वर्षीया खलिफा अपराधसम्बन्धी टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण परिचित थिइन् । उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् । उनका वकिलले मृत्युदण्डविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । मुद्दामा अन्य नौ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने सात जनालाई सफाइ दिइएको छ ।
अदालतमा सुनुवाइका क्रममा अधिकारीहरूले ७५० किलोभन्दा बढी लागुऔषध तथा त्यसको उत्पादनमा प्रयोग हुने आयातित कच्चा पदार्थ बरामद गरेको बताइएको थियो । अभियोजन पक्षले २० जना साक्षीको बयान तथा कुराकानी र श्रव्यदृश्य सामग्रीसहित विद्युतीय प्रमाण पनि पेस गरेको थियो ।
इजिप्टमा मृत्युदण्ड सुनाउनुअघि धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्थाअनुसार सर्वोच्च धार्मिक अधिकारीको राय प्राप्त भएपछि गत महिना सुनाइएको फैसला औपचारिक रूपमा पुष्टि गरिएको हो । सन् २०२५ को एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनअनुसार इजिप्टमा त्यस वर्ष ४९२ वटा मृत्युदण्ड सुनाइएकोमा २३ जनालाई मृत्युदण्ड दिइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
-
बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
-
तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
-
इजिप्टमा टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्ड
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।